१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


काबुल घट्नामा मारिनेको संख्या ८० पुग्यो, २ सय ३० जना घाइते


0
Shares

काठमाडौं, साउन ९ । अफगानिस्तानको राजाधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ८० पुगेको छ । घटनामा २ सय ३० जना घाइते भएका छन् ।

इस्लामिक अतिबादी समूह आईएसले जिम्मा लिएको सो आक्रमणमा घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

विद्युत प्रसारण लाईनको बाटो परिवर्तन गरिएको विरोधमा भएको प्रदर्शनमा आक्रमणकारीले आत्मघाती विस्फोट गराएको हो ।

हजारा समुदाय तुर्कमेनिस्तानवाट काबुल ल्याउन लागिएको बिद्युत प्रसारण लाईनको बाटो बदल्नका लागि आन्दोलनरत थिए ।

हजारा समुदायमा अधिकांश शिया मुश्लिम छन् । तालीवानले भने घटनामा आफनो संलग्नता नरहेको भन्दै विष्फोटको निन्दा गरेको छ । (एजेन्सी)