
काठमाडौं, साउन ४ । भारतीय सैनिक विमान शुक्रबार उडान भरेको केही समयमा नै सम्पर्कविहीन बनेको छ ।
शुक्रबार बिहान चेन्नईबाट पोर्ट ब्लेयरका लागि उडान भरेको मालबाहक सैनिक विमान ‘एएन ३२’ सम्पर्कविहीन बनेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ८ बजे चेन्नईबाट उडान भरेको उक्त विमान मध्याह्न साढे ११ बजे पोर्ट ब्लेयर पुग्नुपर्ने थियो ।
विमानमा २९ जना सवार रहेका छन्, जसमा ६ जना विमानका कर्मचारी छन् ।
उडान भरेको केही समयमै विमानस्थलसँग सम्पर्क टुटेको विमानको व्यापक खोजी भइरहेको छ ।
विमान बंगालको खाडीमा खसेको अनुमानसहित खोजी भइरहेको पनि सन्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्