
तीर्थराज भट्टराई–
सम्माननीय प्रधानमन्त्री ज्यू,
न्यानो अभिवादन,
देशको स्वाभिमानको रक्षा गर्नलार्इ नियम संगत ‘हटेर हैन, डटेर लड्ने’ तपार्इको साहसलार्इ फेरि पनि सलाम गरेँ । तपार्इको यो साहसले नेपालीहरु सत्यबाटोमा सधैँ लागि रहन्छ्न् अनि त्यस परिधिमा कुनै पनि अस्त्र आइलागे नझुकी वा आफ्नो ब्यक्तिगत फाइदालार्इ नहेरी समुन्नत राष्ट्र अनि देशका गौरवशाली जनताको पक्षमा लडिरहन्छ्न् भन्ने पुर्खाको इतिहासले निरन्तरता पाएको छ ।
भन्नेले यहाँ यो एमालेको झण्डा बोक्ने भन्लान् तर यहाँ देशको यो विषम परिस्थितिमा पार्टिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको स्वाभिमानलार्इ हेर्ने मेरो सोचलार्इ अन्यथा नलिइयोस् । मानिस जन्मेर चेत खुल्ने भएपछि दिमागमा कुनै सपना, इच्छा अनि संकल्प लिएर अघि बढेमात्र उसको जीवनले सार्थकता पाउँछ भन्नेमा विश्वास गर्दछु । सोही अनुरुप तपाईं आज अघि बढ्दा बढ्दै संसदीय फोहोरी खेलबाट घेरामा परे पनि तपार्इले अघि सारेका देश निर्माणका खाकाहरुले आगामी दिनमा तपार्इकै बाटो कुर्नेछ्न् ।
प्रधानमन्त्री ज्यू, राज्यसत्तामा बस्नु यहाँ ठूलो कुरा हुँदै हैन । त्यहाँ पुगेर कसले के फल दिन सक्यो, त्यो महत्त्वपूर्ण कुरा हुन्छ । तपाईं भन्दा अघि कुनै मान्छेले यी योजना वा सपनाहरु बुनेका भए आज तपार्इप्रतिको जनताको क्रेज यति बढ्ने बिरलै थियो तर आफ्ना लागिमात्र सोच्ने देशका राजनीतिज्ञहरुको हैसियतलार्इ तपार्इको उदयले तुषारापात गराइदिएको तथ्य इतिहासको पानामा लेखिसकियो अनि नेपाली जनमनमा बसि सक्यो । आज यो खेलको विधिमा पछि परे पनि हिम्मत राख्ने मान्छेले कहिल्यै हार्दैन । त्यसको उपलब्धिहरुले उसलार्इ नयाँ जोस दिन्छ अनि त्यो हारले तपार्इमा अरु उर्जा र अरु जनताको साथ प्राप्त हुनेछ, यो तीन करोड जनताको ठम्याइ पनि हो अनि त्यही ठम्याइलाई साथ दिन तपार्इलार्इ फेरि पनि जनताले कुरिरहेका हुनेछ्न् । याद राख्नुस् कमरेड, सुर्यलाई कसैले चलाएर चल्दैन, यो साँझ परेपछि आफैँ अस्ताउँछ र हरेक बिहानीसँगै नयाँ आशाका साथमा उदाउँछ । तपार्इको उदय पनि यहि अनुरुप फेरि हुनेछ ।
पोखराका जनताले तपार्इलार्इ एअरपोर्टमा स्वागत गर्न पर्खिएका हुनेछ्न् अनि चीनबाट काठमाडौंसम्म जोडिने रेलका आशाहरुले पर्खिरहेका हुनेछ्न् । ती प्रकृति जहाँ अथाह खनिज, तेल, नुनहरुले आफ्नो बाटो खोज्दै पर्खिरहनेछ अनि ती खोलानाला सुसाएर बिजुलीको तरङ्गसँगै अनेकौं दीपहरुले सम्झिरहनेछ्न् अनि देशभरिका स्वाभिमानी नागरिकको मायाले तपार्इलार्इ सम्झिरहनेछ । तपार्इका विरोधिहरुलार्इ त्यो दिन फेरि पनि पश्चातापको बाडुल्की लाग्नेछ र सोच्नेछन् सुर्यलार्इ हत्केलाले छेकेर कहाँ सम्भव हुने रहेछ र ! साँच्चै सुर्यलार्इ हत्केलाले छेक्छु भन्ने सोच राख्छ्न् अहिलेका केही मान्छेहरु तर यो कति समयसम्म भन्ने निधो छैन उनिहरुमा । आजको युगले तपार्इका योजनाहरुलार्इ उनिहरुमाझ नियालिरहेको हुनेछ अनि राष्ट्रको स्वाभिमानले झुक्दै नझुक्ने नेपाली हामी भन्ने तपार्इका आवाजहरुलार्इ सम्झिरहेको हुनेछ । जय स्वाभिमान ।। जय राष्ट्र ।।।
(युएर्इ, अबुधाबीबाट)
प्रतिक्रिया दिनुहोस्