१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’लाई ४८ घण्टे अल्टिमेटम


0
Shares

सिरिया, साउन ७ । अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।

अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो ।

एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ ।

गत मंगलबार मानबिजमा हवाई आक्रमणका क्रममा कम्तिमा ५६ जना सर्वसाधारणको मृत्यु भएपछि एसडिएफले आइएसलाई त्यो ठाउँ छोड्न अल्टिमेटम दिएको हो ।

हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि छन् । सर्वसाधारण नागरिकको सुरक्षा र भौतिक सम्पत्तिको नोक्सानी रोक्नका लागि यस्तो आग्रह गरिएको एसडिएफले जनाएको छ ।

४८ घण्टाभित्र आइएसका लडाकुले मानबिज छोडे उनीहरुलाई केही नगरिने एसडिएफले जनाएको छ । आइएसले मानबिजमा नागरिकलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरेकाले एसडिएफको भनाई छ । (एजेन्सी)