१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


फेसबुकबाट ठगीः क्यानडा र अमेरिका पठाइदिने भन्दै ‘३१ लाख ठगियो’


0
Shares

काठमाडौं, साउन ६ । ठगी गरेको आरोपमा तुलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

‘क्यानडा र अमेरिका पठाइदिन्छु’ ३१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तामाङलाई प्रहरीले विहीबार पक्राउ गरेको हो ।

तामाङले फेसबुकमा ‘जेभी’ नाममा खाता खोलेर विभिन्न व्यक्तिलाई साथी बनाएर आफू ‘क्यानडाको पीआर पाएको व्यक्ति र आमा क्यानडामा डाक्टर छिन्’ भन्दै प्रलोभन दिएर ४ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई क्यानडा र अमेरिका पठाइदिने प्रस्ताव राख्दै तामाङले नेपाल बोलाउने गरेकोसमेत प्रहरीले जनाएको छ ।