१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


यूरोपियन देशमा दुई सय ११ अतिवादी आक्रमण


0
Shares

काठमाडौं, साउन ६ । यूरोपमा सन् २०१५ मा सबैभन्दा बढी आतंकवादी आक्रमण गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

यूरोपियन यूनियनको कानून व्यवस्था लागू गर्ने एजेन्सी यूरोपोलको प्रतिवेदनअनुसार २०१५ मा यूरोपियन देशमा दुई सय ११ अतिवादी आक्रमण गरिएको हो ।

ब्रिटेनमा सबैभन्दा धेरै आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ब्रिटेनमा १०३ पटक आक्रमण गरिएको हो ।

फ्रान्समा भने सुनियोजित ढंगले ७२ पटक आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । यसपछि स्पेनमा २५ आतंकवादी आक्रमण गरिएको छ ।

सन् २००६ पछि यो सबैभन्दा धेरै संख्यामा गरिएको आक्रमण हो । यी आक्रमण इस्लामिक स्टेटसमेतले गराएका थिए ।

अहिलेपनि न्यूक्लियर पावर प्लान्ट तथा परमाणु हतियार केन्द्र अतिवादीको निशानामा रहेका छन् । यसका साथै आक्रमणकारीले पानीका केन्द्रमा दूषित पार्ने लगायतका योजना बनाएको पनि जनाइएको छ । (एजेन्सी)