
काठमाडौं, साउन ६ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ आज दिउँसो हुँदैछ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुने अवार्डको तयारी पूरा भएको मञ्चले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण २०७१ सालको संस्करण आयोजना नगरेको मञ्चले यसपटक विभिन्न आठ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कृत गर्ने जनाएको छ ।
बर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५÷५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ ।
पारा एथ्लिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने सामारोहकै दिन आज घोषणा गरिनेछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पिपुल्स च्वाइस, बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।
बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०–५० हजार रुपैयाँ दिइनेछ । पहिलोपल्ट २०५३ सालमा आयोजना गरिएको यो अवार्ड २०६० सालदेखि निरन्तर हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्