
काठमाडौं, साउन ५ । अफ्रिकी मुलुक मालीमा एक व्यक्तिले गोली हानी १७ सैनिकको हत्या गरेको छ । ३० जना घाइते भएका छन् ।
मालीको नामपालामा रहेको सैनिक आधार शिविरमा आधुनिक हतियारसहित प्रवेश गरेका ती ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।
घटनाको जिम्मेवारी दुई समूहले लिएको छ । एउटा जातीय र अर्को इस्लामिक लडाकू समूहले घटना गराएको दावी गरेका हुन् ।
राष्ट्रपति इब्राहिम बोउबाकरले प्रधानमन्त्तीसहित सुरक्षा निकायको आपतकालीन बैठक गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्