
काठमाडौं, साउन ४ । जर्मनीको वुर्जबर्गमा सोमबार गुडिरहेको रेलमा बन्चरो र चक्कुले आक्रमण गर्ने अफगान शरणार्थीको कोठामा हातले लेखेको ‘आइएस’को झन्डा फेलापरेको छ ।
आक्रमणमा हङकङका चारजना घाइते भएका छन् । वुर्जबर्गको हाइडिग्सफेल्ड क्षेत्रमा उनीहरु आक्रमण परेका थिए । आक्रमणकारी १७ वर्षीय अफगान शरणार्थी प्रहरी कारबाहीमा मारिएका छन् ।
आइएसले ती युवक आफ्नो लडाकू भएको जिकिर गरेको छ ।
आइएसविरुद्ध सैन्य अभियानमा सक्रिय मुलुकविरुद्धको कारबाहीकाक्रममा पछिल्लो आक्रमण गरिएको आइएसको दाबी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्