
फाइल फोटो
रुकुम, साउन ४ । रुकुमको रुँघा–५ बाँदरपानी करेलीकुर्लेका जगतबहादुर खड्काले आफ्नै श्रीमती र सासुको हत्या गरेका छन् ।
२६ वर्षीय खड्काले श्रीमती नौमति खड्का र रोल्पा पाछावाङबाट छोरीको घर आएकी सासु ओपी ओलीको हत्या गरेका हुन् ।
श्रीमान्–श्रीमतीको सामान्य विवादमा हत्या भएको प्रहरीले जनाएको छ ।
श्रीमती र सासुको हत्याका आरोपी खड्कालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्