१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पोलिक्लिनिकमै युवती झुन्डिएपछि…


0
Shares

काठमाडौं, साउन ४ । ललितपुरको बालकुमारीचोकमा रहेको किस्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेलापरेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् ।

दोलखा चरिकोट घर भइ भक्तपुरमा बस्दै आएकी निमा डोल्मा असार २८ गते झुन्डिएको अवस्थामा फेलापरेपछि लामाका आफन्तले भने उनको हत्या भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

किस्टका सन्चालक देवकुमार साहले प्रहरीमा खबर नगरी लामाको शवलाई शिक्षण अस्पताल लगेका थिए ।

शव परीक्षणका लागि राखिएको अवस्थामा शिक्षण अस्पतालमा सोमबार भेला भएका आफन्तले त्यस्तो माग गरेका हुन् ।

मृतककी बहिनी मीना लामाले शवलाई नजिकैको पाटन अस्पताल नलगेर टाढाको अस्पताल शिक्षण अस्पतालमा लैजानु रहस्यमय भएको बताउँदै त्यो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् ।

प्रहरी वृत्त जाउलाखेलले लामाको शव पोलिक्लिनिकमा झुन्डिएको अवस्थामा फेलापरेपछि प्रहरीले लामाका प्रेमी उमेशकुमार साह र किस्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरका सन्चालक देवकुमार शाहलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । रासस