
पाँचथर, साउन ४ । छिमेकीले खुकुरी प्रहार गर्दा घाइते भएका पाँचथरको फिदिम–२ ओदिनका एक ब्यक्तिको मृत्यु भएको छ ।
सामान्य विवादपछि स्थानीय मनोज तुम्वापोले हानेको खुकुरी लागेर घाइते भएका ४९ वर्षीय देवराज तुम्वापोको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षिय आइन्द्र लिम्वु र २६ वर्षिया छोरी सावित्रा लिम्वु भने घाइते भएका छन् ।
घाइते दुबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने तुम्बापो फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्