९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नक्सलवादीले गराएको विस्फोटमा परी १० प्रहरीको मृत्यु


0
Shares

काठमाडौं, साउन ४ । भारत बिहारको औरंगावाद जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु भएको छ । विस्प्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् ।

सुरक्षाकर्मीले गरिरहेको सर्च अभियानका क्रममा नक्सलवादीले बारुदी सुरुङ विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले गरेको कारबाहीमा तीन जना नक्सलवादीको समेत मृत्यु भएको बताइएको छ । घाइते सुरक्षाकर्मीको उपचारका लागि पटना लगिएको छ । (एजेन्सी)