११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेलायतमा नेपाली क्रिकेट टिमलाई हजारौं नेपालीको साथ, एकसय बढी स्वयंसेवक तयार


0
Shares

काठमाडौं, साउन ४ । बेलायतको लर्डस मैदान आसपास आज नेपाली झन्डाले झकिझकाउ हुने भएको छ । किनकी बेलायतमा रहेका नेपालीहरुले खेल हेर्न हजारौंको टिकट किनेका छन् ।

खेल मैदानभित्र फेन्सी ड्रेस, झन्डा वा ब्यानर भने प्रतिवन्ध लगाइए पनि खेलमैदान क्षेमा झन्डा र व्यानरहरु राखिएको छ । विनेपाली डटकमका अनुसार बेलायतका नेपाली समुदायले खेलको व्यग्र प्रतिक्षा गरिरहेका छन् । आज लर्डसमा नेपाली क्रिकेट टिम पहिलो पटक अवतरण हुंदैछ एमसीसीसंग खेल्न ।

बेलायत–नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा जुरेको यो साइत फेरि दोहोरिएला नदोहोरिएला भनेर आजको खेललाई त्यहाँका नेपालीहरुले ऐतिहासिक मानेका छन् ।

खेल मैदान आसपास १ सय २० जना नेपाली स्वयंसवेक खटाइने भएको छ । नर्सिङ एसोसिएसन यूकेकी प्रसुना कंडेलको नेतृत्वमा बेकर स्ट्रिट स्टेशनमा करिब १५ जना र सेन्ट जोन्स् उड स्टेशनमा टियर वान इन्टरप्रेनरका तर्फबाट शालिक सापकोटाको नेतृत्वमा १५ जना स्वयंसेवक बाटो देखाउन र अन्य गाइड गर्न रहनेछन् ।

गेटमा टिकेट किनिदिन एवं भित्र पठाउन सहजकर्ताका रुपमा मगर संघका बम थापा मगर, एचएसएमपीका दीप गिरी र तमुधिंका ज्ञाम गुरुङको नेतृत्वमा ३० जना, खेल मैदानको चारै तिर र नजिकको बस स्टेशनमा करिब २० जना र विशेष स्वंयसेवकका रुपमा लर्डससंगको सहकार्यमा खेल मैदान भित्र वरपरका लागि संयोजक कृष्ण प्रसाद शर्माको नेतृत्वमा १३ जना एवं युवा परिचालन समितिका सदस्य समिर गुरुङको नेतृत्वमा अन्य २ दर्जन भन्दा बढि स्वयंसेवक परिचालित हुनेछन् । खेल समाप्त भएपछि बेलुका पनि पुनः तिनिहरुबाटै सहयोग हुनेछ ।

नेपाली दर्शकले स्टेशनहरूमा नेपाली झण्डा राखेर परिचयपत्र लगाएको देखेमा उनीहरूसंग खेलसंग सम्बन्धित कुरा सोध्न सकिने विनेपाली डटकमले जनाएको छ ।

खेल हेर्नका लागि ड्रेस कोड के भन्ने अन्यौलता पनि बढेको छ । पेभिलियनबाहेक सर्वसाधारण दर्शकले क्रिकेटकै लोगो अंकित जर्सी वा अन्य टिसर्ट र सफ्ट जिन्स लगाएर खेल हेर्न सक्ने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।