
बहराइन, साउन २ । राजतन्त्रात्मक मुलुक बहराइनको एक अदालतले मुख्य शिया विपक्षी समुह वेफाक नेशनल इस्लामिक सोसाइटीलाई विघटन गर्न र उसका सबै सम्पत्ति जफत गर्न आदेश दिएको छ ।
अदालतको यो निर्णयसँगै वेफाकको सम्पत्ति अब सरकारलाई हस्तान्तरण गरिने छ । सुन्नी मुश्लिमले सत्ता चलाइरहेको बहराइनमा वेफाकले सन् २०११ देखि प्रजातन्त्रको पक्षमा आन्दोलन गर्दै आएको थियो ।
गत महिनामात्र सरकारले वेफाकको सबै गतिविधिमा रोक लगाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्