
बनेपा, साउन २ । काभ्रेको बनेपामा आइतबार एक कार्यक्रमबीच राष्ट्रिय विभुति अरनिकोको जीवनमा आधारित नाटक मञ्चन गरिएको छ ।
संस्कृतिविद् ज्ञानकाजी मानन्धरले लेखेको अरनिकोको जीवनमा आधारित पुस्तकको आधारमा उक्त नाटक मञ्चन गरिएको हो । नाटकले परम्परागत नेपाली संस्कृतिलाई जर्गेना गर्दै विश्वसामू आफ्ना पहिचानलाई उजागर गर्न नयाँ पुस्ताहरुको ध्यानाकर्षण गरेको थियो ।
नाटक मञ्चनमा वुद्धिजिवी एवं सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा परस्परागत संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्