१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशुलाई आमाले गरिन् हत्या ?


0
Shares

                                                                               फाइल फोटो
युवराज रोइला (इमेज)
खोटाङ, असार ३१ । खोटाङमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।

दिक्तेल–७ की ३६ वर्षीया केसीमाया सार्कीलाई शिशु हत्याको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

असार २९ गते बेलुका सकुशल जन्मिएको शिशुलाई असार ३० गते हत्या गरेको आरोपमा सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान् विदेशमा रहेको अवस्थामा परपुरुषसँगको सम्बन्धबाट बच्चा जन्मिएकाले हत्या गरेको स्थानीयबासीको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।