
काठमाडौं, असार ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँकेमा कार्यरत् प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै शुक्रबार पक्राउ गरेको छ ।
आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके, खजुराबाटै पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत्लाइन विस्तारकार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवको अनुसन्धानकार्य जारी रहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्