१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आयल निगममा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ


0
Shares

गौर, असार ३१ । जागिर लगाईदिने प्रलोभन दिई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रौतहटको गंगापिपरा घर भई चन्द्रनिगाहपुरमा बस्ने दिपेन्द्र साहले नेपाल आयल निगममा जागिर लगाईदिने भन्दै उदयपुरकी सिर्जना अधिकारीसँग २ लाख ५६ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

साहले नेपाल आयल निगमको नक्कली नियुक्तिपत्र बनाएर दिएपछि सिर्जनाले गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साह र सप्तरी निवासी दिपक ठाकुरले अन्य ८ जनालाई पनि जागिर लगाईदिने आश्वासनमा ५ लाखका दरले ठगी गरेको प्रहरीले जनाएको छ । ठाकुर भने फरार छन् ।