
फाइल फोटो
क्लालालम्पुर, असार ३० । मलेसिया र सिंगापुर जोड्नका लागि उच्चगतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघिदेखि नै दिइएको थियो ।
बिहीबार मलेसियाका स्थानीय सन्चारमाध्यमहरुले सो समाचार सार्वजनिक गरेका राजधानी क्लालालम्पुरबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
यस सम्झौतामा मलेसियाली प्रधानमन्त्री नजिब रजाक र सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले हस्ताक्षर गर्ने जनाइएको छ ।
यस सम्झौताबमोजिम उक्त रेलसेवाको निर्माण आगामी सन् २०१८ बाट सुरु हुनेछ ।
उक्त आयोजना कहिलेसम्ममा पूरा हुने भन्नेबारेमा भने केही बताइएको छैन ।
यी दुई देशले एक–अर्कालाई जोड्न तीव्रगतिको रेलसेवा निर्माण गर्नेसम्बन्धी सम्झौता गर्ने भनी केही वर्षअघि योजना बनाएका थिए ।
त्यसले अब छिट्टै मूर्तरुप लिने मलेसियाका स्थानीय सन्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
तर, यस समाचारमा यी दुई देशबीच के–कति समयमा पुग्न सकिन्छ भन्नेबारेमा भने केही दिइएको छैन । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्