९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


घरमा एक केजीभन्दा बढी सुन गाडेर राखेका माझी पक्राउ


0
Shares

मेलम्ची, असार ३० । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ ।

जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौंको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र चाँदीसहित माझीलाई बुधबार पक्राउ गरिएको हो ।

त्यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीसँग बुझ्न खोज्दा सो घटनाको थप अनुसन्धान भइरहेकाले त्यसबारे अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिनसकिने इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक प्रहरी उपरीक्षकको दरबन्दी व्यवस्था भएपछि जिल्लामा हुने तस्करी एवम् आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । (रासस)