१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पाकिस्तानले राष्ट्रसंघमा उठायो कश्मीर मुद्दा


0
Shares

न्यूयोर्क, असार ३० । भारत प्रशासित कश्मीरमा केही दिनदेखि हुँदै आएको हिंसाकाबारेमा पाकिस्तानले चासो राख्दै संयुक्त राष्ट्रसंघमा ध्यानाकर्षण गराएको छ ।

राष्ट्रसंघको महासभामा मानवअधिकार सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि पाकिस्तानी दुत मलीहा लोधीले कश्मीरमा बढ्दो हिंसाप्रति चिन्ता प्रकट गरिन् । उनले भारतीय सुरक्षाकर्मीले कश्मीरका जनतामाथि बर्बर दमन गरेको आरोपसमेत लगाइन् ।

उनले भनिन्, ‘हालै गैर कानुनी रुपमा एक कश्मीरी नेताको हत्या गरिएको छ, अन्य दर्जनौंलाई मारिएको छ, भारतीय सेनाले कश्मीरका जनताको स्वतन्त्रताको अधिकारलाई हनन् गरिरहेको छ ।’

त्यसलगत्तै राष्ट्रसंघका लागि भारतीय दुत सैयद अकबरउद्दीनले संयुक्त राष्ट्रसंघको मञ्चलाई गलत उपयोग गर्न थालिएको बताए । उनले भारत एक विविध, बहुलवादी र सहिष्णु समाज भएको देश रहेको जिकिर गर्दै भने, ‘भारतमा कानुनको बोलबाला छ, लोकतन्त्र र मानवअधिकारको महत्वपूर्ण आधारभूत सिद्धान्त छ ।’ (एजेन्सी)