९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


न्यूजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प


0
Shares

बेलिङटन (न्यूजिल्यान्ड), असार २९ । न्यूजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रबिन्दू भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)काअनुसार भूकम्पको केन्द्रबिन्दू न्यूजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो ।

१० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के–कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन विहीबारसम्म लाग्ने बताइएकोे छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएकोबारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन ।

भूकम्पपछि सुनामी आउनसक्ने सम्भावनाबारे केही बताइएको छैन । रासस/एएफपी