
चितवन, असार २९ । नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुम्दी गाविस–९ धादिङका २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई मङ्गलबार दिउँसो धादिङमा पक्राउ गरी राति चितवन ल्याइएको प्रहरीले जनाएको छ ।
निजले भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रिता भुजेललाई असार २६ गते नारायणगढस्थित कलश होटलमा लगेर हत्या गरेको प्रहरीको अभियोग छ ।
सो होटलमा रितासँगै बसेका थापा रिताको हत्या गरी फरार भएको प्रहरीले दाबी गरेको छ । पक्राउपछि अभियुक्तले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छट्पटिन थालेपछि सलले घाँटी बाँधेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्