९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हातखुट्टा छैनन्, मुखले लेख्छन्, चिउँडोले भिडियो गेम खेल्छन् यी बालक (फोटोफिचर)


0
Shares

जाभा, असार २९ । इन्डोनेसियाको जाभामा हातखुट्टा नभएका एक बालकले आफ्नो अद्भूत क्षमताबाट सबैलाई चकित पार्दै आएका छन् ।

जन्मदैं हातखुट्टा नभएका यी ११ वर्षे बालकको नाम टियो साट्रियो हो । शारीरिक असक्ततालाई नै आधार बनाएर उनले बाल्यकालदेखि नै अनुकुलता खोज्न संघर्ष गरे । परिणामस्वरुप उनी मुखले पेन्सिल च्यापेर लेख्न सक्छन् भने चिउँडोको भरमा भिडियो गेम खेल्न सक्छन् ।

उनकी आमा मीमी भन्छिन्, ‘फुर्सदमा साथीहरुसँग भिडियो गेम खेल्छ, स्कूलमा पनि राम्रै नतिजा ल्याउने गरेको छ ।’

हिँड्नका लागि उनलाई ‘ह्विलचेअर’ मा अरुले मद्दत गर्नुपर्दछ ।

मीमीका अनुसार सामान्य अवस्थामै उनले टियोलाई जन्म दिएकी थिइन् । मध्यराति छोरा जन्मिएको स्मरण गर्दै उनी भन्छिन्, ‘सुरुमा सबै सामान्य नै रहेको मलाई बताइएको थियो । तर पछि छोराको हातखुट्टा नरहेको देखेँ । सुरुमा नरमाइलो लाग्यो तर आफ्नो सन्तान हो, मैले उसलाई स्वीकार्नैपर्छ ।’

टियोलाई नुहाउने, उसका कपडा धोइदिने, ब्रस गरिदिने, खुवाउने लगायतका कामका लागि एकजना सँधै उसको साथ रहनुपर्ने बाध्यता छ । (एजेन्सी)