
काठमाडौं, असार २९ । इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा धेरै घाइतेसमेत भएका छन् ।
रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
आन्द्रिया र कोराटोबाट तिव्र गतिमा आइरहेका रेल आपसमा ठोक्किएका हुन् ।
कोराटोका मेयर मेसिमो मजिलीले विमान दुर्घटना भए बराबरकै क्षति भएको बताउनुभएको छ । इटलीका प्रधानमन्त्री मेजियो रेन्जीले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्