
काठमाडौं, असार २८ । राष्ट्रिय खेलकुद परिषद, खेल विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा मंगलबारदेखि राजधानीमा तीनदिने खेलकुद पत्रकारितासम्बन्धी गोष्ठी सुरु भएको छ ।
गोष्ठीमा विभिन्न सन्चारगृहका १२ बढी खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ ।
सक्षम खेल पत्रकार र गुणस्तरीय खेलकुद पत्रकारिता तथा त्यसको माध्यमबाट नेपाली खेल क्षेत्रको विकासलगायतका विषयमा गोष्ठीमा छलफल हुनेछ ।
तीनदिने गोष्ठीको उद्घाटन गर्दै सन्चारमन्त्री शेरधन राईले यस्ता सिर्जनशील कार्यक्रमले खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए ।
गोष्ठीमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पत्रकार आचारसंहिताबारे र पत्रकार गोपाल बस्नेतले नेपाली खेलकुद पत्रकारिताको विगत र वर्तमानबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्