
काठमाडौं, असार २८ । युरोकप फुटबल विजेता पोर्चुगलको फुटबल टिमलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।
इतिहासकै पहिलो युरोकपको उपाधिसहित पोर्चुगल फर्किएको टोलीलाई राजधानी लिस्बनको सडकमा उर्लीएको मानव सागरले स्वागत गरेको हो ।
युरोकपको ट्रफीसहित कीर्तिमानी कप्तान क्रिश्चियानो रोनाल्डो र अरु स्टार खेलाडी विजयी र्यालीमा सहभागी भएका थिए ।
सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाइृनलमा ग्रिससँग हारेपछि स्तब्ध बनेका समर्थकहरु त्यसको १२ वर्षपछि नयाँ उत्साह र जोशका साथ विजयी र्यालीमा सरिक भए ।
आयोजक फ्रान्सलाई उसैको मैदानमा हराएर उपाधि जितेको पोर्चुगलको यो फुटबल पुस्तालाई हौसला र सम्मान दिन लिस्बनमा लाखौं समर्थक उत्रिदा राजधानी शहरमा सार्वजनिक विदा झैं देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्