९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


बालिका बलात्कारको आरोपमा तीन युवक पक्राउ


0
Shares

बैतडी, असार २७ । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२ वर्षीय झलक बोहरा, २३ वर्षीय हिमाल धामी र २१ वर्षीय अमृत रोकाया रहेका छन् ।

तीनैजनाले स्थानीयबासी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार पक्राउ गरेको हो । उनीहरुले गत हप्ताको शुक्रबार राति घरमै गएर बालिकालाई बलात्कार गरेको प्रहरीको बताएको छ ।

पक्राउ परेका तीनैजनाविरुद्घ जबर्जस्ती करणी मुद्दा दायर गरी थप अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । रासस