९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


होटलमा युवतीको शव फेला, सँगै गएका युवक फरार


0
Shares

चितवन, असार २७ । नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ । (रासस)