
काठमाडौं, असार २७ । ब्रिशिट खेलाडी एण्डी मरेले दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
इग्लण्डमा आइतबार राती भएको फाईनल खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराउँदै मरेले उपाधि सुरक्षित गरेका हुन् ।
राओनिकविरुद्धको खेल मरेले ६-४, ७-६ र ७-६ ले आफ्नो पक्षमा पारे । यसअघि सन् २०१३ मा विम्बल्डन टेनिसको उपाधि जितेका मरेको करियरमा यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।
विम्बल्डन टेनिसमा यसपटक महिलातर्फको उपाधि अमेरिकाकी सेरेना विलियम्सले जितेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस्