११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल म्याच रद्द


0
Shares

काठमाडौं, असार २६ । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

असार ३१ र साउन २ गते नेपालले बंगलादेशमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम थियो । तर बंगलादेशी फुटबल संघले एन्फालाई पत्राचार गर्दै प्राविधिक कारण खेल हुन नसक्ने बताएको हो ।

तत्काल खेलाउन सम्भव नभए पनि केही समयपछि भने मैत्रीपूर्ण खेल आयोजना गर्न सकिने बंगलादेशी फुटबल संघले जनाएको छ ।

आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारीटी कपमा प्रतिश्पर्धा गर्न लागेको नेपालले सोही प्रतियोगिताको तयारी स्वरुप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको थियो ।