
दोलखा, असार २६ । जिल्ला प्रहरी कार्यालय दोलखाले नक्कली सुन देखाई १५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रविसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठ छन् । उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गत बैशाखमा भीमेश्वर नगरपालिका–१, बसपार्कमा पसल गर्ने मेनुका चौलागाईंलाई प्रलोभनमा पारी नक्कली सुन दिइ १५ लाख रुपैयाँ ठगी गरेको दोलखा प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
सोही घटनामा संलग्न रहेका अन्य ५ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्