
सिरिया, असार २६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले एक रुसी हेलिकोप्टरलाई खसालेको छ ।
सिरियाको पालीमारा सहर नजिकै रुसी सैन्य हेलिकोप्टरलाई आइएसले खसालेको हो । सो हमलामा हेलिकोप्टरका चालक दलका दुई सदस्यको मृत्यु भएको जनाइएको छ ।
होम्स नजिकै आइएसको एक अखडामा हमला गर्न परिचालित हेलिकोप्टर फर्किरहेको समयमा आइएसका लडाकुले जमिनबाट हमला गरेको बताइएको छ ।
आइएस समर्थित एक न्यूज एजेन्सीले सो हेलिकोप्टर खसेको दृष्यसमेत प्रशारण गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्