
काठमाडौं । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् ।
यसैगरी यही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् ।
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएसंगै उक्त सुविधा प्राप्त भएको हो । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्