
काठमाडौं, असार २५ । इन्डोनेशियामा ट्राफिक जाममा फसेर १२ जनाको मृत्यु भएको छ । केहि दिनदेखि जाममा फसेकाहरु पानी पिउन नपाएर र थकानका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
जाभा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सवारी साधनको जाममा लाखौं मानिस फसेका हुन् ।
इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।
इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो ।
जबकी एक बच्चीको भने सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण निधन भएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्