९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गोरा प्रहरीलाई मार्न खाजेको हुँ : डलास हत्यारा


0
Shares

काठमाडौं, असार २५ । अमेरिकाको डलासमा गोली चलाई प्रहरीको हत्या गर्ने व्यक्तिले आफूले गोरा मानिसलाई मार्न चाहेको बताएका छन् ।

गोली हानी पाँच प्रहरीको हत्या गर्ने व्यक्ति मिका जेवियर जोनसनले आफ्नो निशानामा गोरा प्रहरी अधिकारी रहेको बताएका हुन् ।

प्रहरी कारबाहीको क्रममा जोनसन पनि गोली लागेर मारिएका छन् । उनले मर्नु अघि आफ्नो निशाना गोरा प्रहरी अधिकारी मात्रै रहेको बताएको डलासका प्रहरी प्रमुख डेविड ब्राउनले जानकारी दिएका हुन् ।

केही दिन अघि प्रहरीको गोली लागेर काला मानिस मारिएका जोनसन निराश थिए । त्यसको विरोधमा निश्किएको र्‍यालिको अन्त्यमा शुक्रबार जोनसनसहितका बन्दुकधारीले गोली चलाउँदा पाँच जना प्रहरी अधिकारी मारिएका थिए ।

२५ वर्षीय जोनसन अमेरिकी सेनामा सेवा गरिसकेका व्यक्ति हुन् । उनी अफगानिस्तान युुद्धमा सामेल भएका थिए । प्रहरीले तीन जनालाई पक्रेको छ ।

डलास प्रहरी प्रमुख ब्राउनका अनुसार कारबाहीमा परि मारिनु अघि जोनसनले प्रहरी प्रतिनिधिसँग आफूले गोरा प्रहरी अधिकारीलाई मार्न चाहेको बताएका हुन् ।

यसै हप्ता मात्र प्रहरीले चलाएको गोली लागि अमेरिकामा दुई अश्वेत नागरिक मारिएपछि रङका आधारमा प्रहरीले कालामाथि गोली चलाएको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।

गत मंगलबार लुजियानामा प्रहरीको गोली लागि ३७ वर्षिय एण्डिल स्टेर्लिङ तथा बुधबार प्रहरीकै गोली लागेर ३२ वर्षिय फिलान्डो क्यास्टाइल मारिएका थिए । (एजेन्स)