
काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत् गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करकाअनुसार अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बीएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याइ झुटो विवरण दिइ भ्रष्टाचार गरेको पाइएको हो ।
आयोगले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्