९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


अमेरिकामा प्रदर्शनकारीको भीडबाट गोली हानी पाँच प्रहरीको हत्या


0
Shares

डल्लास, असार २४ ।अमेरिकाको डलासमा भएको एक प्रदर्शनका क्रममा चलाइएको गोली लागि पाँच प्रहरी अधिकृत मारिएका छन् ।

घटनामा अरु ६ जना घाइते भएका छन् । गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि गोली हान्दा ती प्रहरी अधिकारीको मृत्यु भएको डालस प्रहरी प्रमुख डेभिड ब्राउनले जानकारी दिए ।

एम्बुस शैलीले प्रहरी अधिकारीहरुमाथि आक्रमण गरिएको डालस प्रहरी प्रमुख ब्राउनले जानकारी दिए ।

गोली प्रहार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्रेको छ भने एक जनाले आत्मसमर्पण गरेका छन् । यो हप्ता अमेरिकामा प्रहरीले चलाएको गोली लागि दुई अश्वेत नागरिक मारिएपछि रङका आधारमा प्रहरीले कालामाथि गोली चलाएको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।

गत मंगलबार लुजियानामा प्रहरीको गोली लागि ३७ वर्षीय एण्डिल स्टेर्लिङ तथा बुधबार प्रहरीकै गोली लागेर ३२ वर्षीय फिलान्डो क्यास्टाइल मारिएका थिए ।

फिनाल्डोकी केटी साथीले उनलाई प्रहरीले गोली हानेको भिडियो खिचेकी थिइन् । जुन इन्टरनेटमा भाइरल बनेको छ । (एजेन्सी)