९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बंगलादेशमा २ लाख बढी मानिस जम्मा भएको स्थाननजिकै आक्रमण, चारजना मारिए


0
Shares

काठमाडौं, असार २३ । बंगलादेशको उत्तरी किसनगन्ज सहरको प्रहरीचौकीमा बम विस्फोट गराउन खोज्दा भएको घटनामा चारजनाको मृत्यु भएको छ ।

मारिनेमा दुईजना प्रहरी अधिकृत र एक आक्रमणकारी छन् । आक्रमणकारीले प्रहरीचौकीमा बम विस्फोट गराउन खोजेको बताइएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको नमाजका लागि २ लाख ५० हजारभन्दा बढी मानिस जम्मा भएको स्थाननजिकै यो घटना भएको हो ।

बंगलादेशका सूचनामन्त्री हसनुल हकले आक्रमणकारी वर्तमान सरकार हटाउने अभियानको सदस्य भएको बताएका छन् ।

गत हप्तामात्र ढाकामा स्थानीय कट्टरपन्थीहरुले गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)