
काठमाडौं, असार २३ । अमेरिकामा प्रहरीले चलाएको गोली लागि फेरि अर्का काला जातिका फिलान्डो क्यास्टलको मृत्यु भएको छ ।
लुजियानामा प्रहरीको गोली लागि काला जातिका एल्टन स्टर्लिङको मृत्युको विरोधमा प्रदर्शन चर्किरहेकाबेला मिनेसोटो राज्यमा पनि यस्तो घटना भएको हो ।
क्यास्टलकी केटी साथीले उनलाई गोली लागेपछि रगत्ताम्मे अवस्थामा लिइरहेको देखिएको छ । उनी स्थानीय स्कुलमा काम गर्थे ।
दुई दिनदेखि विरोधमा उत्रिएका प्रदर्शनकारीले न्यायको माग गरेका छन् ।
अमेरिकामा प्रत्येक वर्ष एक हजारभन्दा बढी गोलीकान्डका घटना हुने गरेका छन् । यस्ता घटनामा मारिनेमा धेरैजसो काला अमेरिकी रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्