९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


संदिग्ध जिहादीद्वारा विमानस्थलनजिकैको सैनिक प्रमुख कार्यालयहरु कब्जा


0
Shares

एडेन, असार २२ । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा संदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् ।

साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको यस सैन्य शिविर कब्जापछिको आक्रमणमा कम्तीमा १० जना सैनिकको मृत्यु भएको छ ।

सैनिकको पोशाकमा रहेका यी आतंककारीहरुले गरेका दुईओटा बम आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ ।

आक्रमणकारीहरु इस्लामिक स्टेट जिहादी समूहका रहेका जनाइएको छ ।

आक्रमणकाक्रममा आतंककारी र सैनिकबीच भएको दोहोरो गोली हानाहानमा ती सैनिकहरु मारिएका छन् ।

सैनिकले सैन्य शिविर घेरा लगाएपछि १५ देखि २० जनासम्मको संख्यामा आएका आतंककारीहरुले दोहोरो गोली हानाहान गरेका बताइएको छ ।

यमनमा गत वर्षको मार्च महिनाबाट नै साउदी अरेबिया सरकारको सहयोगमा विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु भएको थियो ।

यमनका अलकायदा र अन्य आतंककारी समूहलाई लक्ष्यगरी अमेरिकी चालकरहित विमान (ड्रोन) पनि बारम्बार आक्रमण हुने गरेको छ । विद्रोहीलक्षित यस आक्रमणबाट सफलता पनि प्राप्त भएको बताइन्छ ।

मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको अवसरमा यो हमला भएको बताइएको छ । रासस/एएफपी