९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘ढाका आक्रमणमा आइएसको संलग्नता छैन’


0
Shares

काठमाडौं, असार २० । बंगलादेशले राजधानी ढाकामा गरिएको आक्रमणमा इस्लामिक अतिवादी समूह ‘आइएस’को संलग्नता नरहेको जनाएको छ ।

ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । घटनामा दुई प्रहरी अधिकृत पनि मारिएका छन् भने ३० जना घाइते भएका छन् ।

सुरक्षा कारबाहीमा ६ जना बन्दुकधारी मारिएका छन् भने एकजना पक्राउ परेका छन् ।

त्यहाँका अधिकारीहरुले मारिने पाँचजना आक्रमणकारीको पहिचान भएको जनाएका छन् ।

बंगलादेशी गृहमन्त्री असादुजमान खानले आइएसले आक्रमण आफूहरुले गराएको दाबी गरेपनि उनीहरुको संलग्नताको कुनै संकेत नमिलेको बताएका छन् ।

उनले आक्रमणकारी एक दशकदेखि प्रतिबन्धित आतंकवादी संगठन ‘जमाएतुल मुजाहिद्धीन बंगलादेश (जेएमबी)का सदस्य रहेको बताए । आक्रमणको समयमा कुनै माग नगरिएकोसमेत उनले जानकारी दिए ।

युरोपेली शैलीको विदेशीहरुमाझ लोकप्रिय उक्त क्याफेमा बन्धक बनाइएकाहरुमध्ये १३ जनालाई बंगालादेशी कमान्डोले १२ घन्टापछि उद्धार गरेका थिए ।

बन्दुकधारीले कुरानका श्लोक पढ्न नसक्नेलाई यातना दिँदै मारेका थिए । आइएसले भने आक्रमणमा संलग्न पाँचजनाको तस्वीर अनलाइनमार्फत् सार्वजनिक गरेको थियो । (एजेन्सी)