९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारत र पाकिस्तानमा बाढी पहिरोमा परी ५५ जनाको मृत्यु


0
Shares

नयाँ दिल्ली, असार १९ । भारी बर्षाका कारण आएको बाढी पहिरोमा परी भारत र पाकिस्तानमा ५५ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा बर्षाका कारण एउटा मस्जिद भत्किदा ३० जनाको मृत्यु भएको हो । रमदानको समयमा प्रार्थना चलिरहेको बेला मस्जिद भत्केर उनीहरुको मृत्यु भएको हो ।

यता भारतको उत्तराखण्ड र अरुणाञ्चलमा २५ जनाको ज्यान गएको छ । बाढीका कारण दर्जनौं घरहरु डुबानमा परेका छन् । भारी बर्षापछि आएको पहिरोले गर्दा यातायात सेवा अवरुद्ध हुनुका साथै ठाउँ ठाउँमा रुखहरु ढलेकाले बिजुली आपूर्ति बन्द भएको छ । (एजेन्सी)