९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


घोडाको टाउकोमा ३५ किलो कोकिन !


0
Shares

न्यूजिल्याण्ड, असार १९ । न्यूजिल्याण्ड प्रहरीले ३५ किलो कोकिन बरामद गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार बरामद कोकिनको बजार मूल्य करिब एक करोड डलर रहेको छ ।

घोडाको मूर्तिमा उक्त कोकिन लुकाएर ओसारपसार गरिएको समयमा प्रहरीले फेला पारेको जनाइएको छ । अधिकारीहरुका अनुसार प्राचिन कलाकृति जस्तै देखिने घोडाको एक मूर्तिको टाउकोमा उक्त कोकिन लुकाइएको थियो ।

उक्त मूर्ति गत मे महिनामा मेक्सिकोबाट अकल्याण्ड ल्याइएको थियो । प्रहरीले मूर्तिका साथ मेक्सिकोका दुई र अमेरिकी एक नागरिकलाई पक्राउ गरेको छ । (एजेन्सी)