
काठमाडौं, असार १८ । इराकको उत्तरी मोसुल सहरमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा दुई शीर्ष ‘आइएस’ सैन्य कमान्डर मारिएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार सन् २०१४ मा मोसुल आइएसको कब्जामा लिनेक्रममा सक्रिय बसिम महम्मद सुल्तान र हतिम तालिव युद्धक समूहका नेता मारिएका हुन् ।
उनीहरुको मृत्युले मोसुलमा आइएसलाई थप धक्का लागेको विश्वास गरिएको छ ।
मोसुलमा सन् २०१४ देखि आइएसको नियन्त्रणमा रहे पनि अहिले इराकी सेनाले सहरको धेरै भाग आफ्नो नियन्त्रणमा आएको जनाएको छ ।
अमेरिकी नेतृत्वको गठबन्धनले इराकमा सरकारी सेनालाई सहयोग गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्