९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ढाका आक्रमणमा २० जना विदेशी मारिएको पुष्टि


0
Shares

ढाका, असार १८ । बंगलादेशको राजधानी ढाकामा रहेको एक रेस्टुरेन्टबाट शनिबार बिहानीपख आतंककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ ।

उनीहरुलाई आतंककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना विदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।

राजधानी ढाकामा रहेको एक विदेशी रेस्टुरेन्टमा ‘जिहादी’हरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए ।

आतंककारीहरुले सो रेस्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।

बंगलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्–‘कब्जमा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौं ।’

यसअघि ती विदेशीलाई छुटाउनेक्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीकाक्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।

प्रहरीका अनुसार सो रेस्टुरेन्टमा आतंकवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षाफौज त्यहाँ पुगेको थियो ।

मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशंका गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् । रासस/एएफपी