९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बंगलादेशमा आतंकवादी आक्रमण, ४० जना विदेशी बन्धक


0
Shares

काठमाडौं, असार १८ । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमण भएको छ ।

आतंकवादीहरुले केही मानिसलाई बन्धकसमेत बनाएका छन् । शहरको गुलशन क्षेत्रस्थित एक क्याफेमा आक्रमण गरी ४० जना विदेशीलाई बन्धक बनाइएको हो ।

उक्त घटनामा आफ्ना सात जना नागरिक परेको इटलीले जनाएको छ । पाँच जना जापानी नागरिक पनि परेको सञ्चारमाध्यमहरुले जनाएका छन् । भित्र फसेका व्यक्तिहरुलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको बंग्लादेशी विशेष प्रहरी फोर्सले जनाएको छ ।

गोली हानाहान हुँदा दुई प्रहरी मारिएको र ३० जना घाइते भएको खबर छ । ८÷९ जनाको संख्यामा रहेकोहरुले गराएको घटनाको जिम्मेवारी आफूलाई इस्लामिक स्टेट दावी गर्नेले लिएको बताइएको छ । (एजेन्सी)