११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


युरोकपः सेमिफाइनलमा पोर्चुगलको प्रतिद्धन्द्धी बेल्जियम कि वेल्स ?


0
Shares

काठमाडौं, असार १७ । युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति बेल्जियम र वेल्स भिड्दै छन् ।

खेल नेपाली समयअनुसार राति (शनिबार बिहान) पौने १ बजे हुँदै गर्दा यी दुई टोलीबीचको यसअघिको भिडन्त भने प्रतिस्पर्धात्मक रहँदै आएको छ ।

यी दुईबीच पछिल्लोपटक सन् २०१३ मा भएको विश्वकप छनोटमा १–१ को बराबरी भएको थियो ।

त्यस्तै, अहिलेसम्मका दुई युरोकप भिडन्तमा वेल्सले एकमा जित र एकमा बराबरी गरेको छ ।

आजको खेलको विजेताले सेमिफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

यसअघि, विहीबार राति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै पोर्चुगल चौथोपटक युरो कप फुटबलको सेमिफाइनलमा पुगिसकेको छ ।