९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राजधानीबाट दीपक मनाङ्गे पक्राउ


0
Shares

काठमाडौं, असार १७ । प्रहरीले गुण्डा नाइके दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

प्रहरीले गएराति ठमेलस्थित एक रेस्टुराँबाट मनाङ्गेलाई पक्राउ गरेको हो । अवैध रकम असुलीको आरोपमा मनाङ्गेलाई सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आपराधिक गधिविधिबाट अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा खेपिरहेका मनाङ्गे पछिल्लो समय निस्कृय थिए । उनीविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविमिा संलग्न मनाङ्गेको रात्रीकालीन व्यवसायमा पकड र प्रभाव छ ।